Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपतिबीच भेट


0
Shares

काठमाडौं, भदौ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्तले बुधबार साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा नेपाल–म्यानमार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति मिन्तले बुधबारै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । रासस