
नुवाकोट, भदौ १३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई बुधबार तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको हो ।
अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद थप गरेको थियो ।
प्रहरीले हरेकपटक एक साताको म्याद थप गर्न माग गरे पनि नुवाकोट अदालतले भने तीन/तीन दिनमात्र म्याद थप गर्दै आएको छ ।
गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९, नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारका दुईथान स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई मुद्दा चलाइएको छ ।
उक्त स्काभेटर जलाएको आरोपमा नेत्रविक्रम चन्द्र, प्रवक्ता विश्वकर्मासहित १५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । रासस
प्रतिक्रिया दिनुहोस्