Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै कांग्रेसले बुझायो ज्ञापनपत्र


0
Shares

रामेछाप । नेपाली कांग्रेस रामेछापले लिखु–तामाकोशी गाउँपालिकामा भ्रष्टाचार र अनियमितता भएकोे भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले १४ बुँदे मागसहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाउँदै विरोध प्रदर्शनसमेत गरेको छ ।

गाउँपालिका मनोमानी ढंगले सञ्चालन गरिएको भन्दै कांग्रेसले हरेक विषयलाई पारदर्शी बनाउन माग गरेको छ ।

गाउँपालिकाले विकास निर्माणमा अनियमितता गरेको, पालिकाको आम्दानी र खर्चको लगत नराखेको, सेवाग्राहीसँग लिएको शुल्कको रसिद दिंदा पसलको नामको उधारो नगदी रसिद दिएको र सादा पेपरमा भर्पाइ गरेर वडा सदस्यहरुलाई भुक्तानी दिने गरेको लगायतका आरो कांग्रेसको छ ।

ज्ञापनपत्र बुझ्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादु खड्काले आफू गाउँपालिकाको साझा प्रतिनिधि भएकाले पक्षपात नगरि काम गर्ने बताए । 

Skip This