
मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले आयोजना गरेको साक्षात्कारमा राणाले एमालेले अवरोध गरेकै कारण निर्वाचन ओझेलमा पर्दै गएको बताए ।
उनले सीमांकनमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले विगतमा गरेको सहमति भुल्दै एमालेले सदन र सडक अवरोध गर्दा देशले संवैधानिक संकट बेहोर्नुपरेको दाबी गरे ।
पुनःनिर्माणका लागि विदेशीले दिएको साढे चार अर्ब रुपैयाँसमेत खर्च गर्न नसकेर जनतालाई दुई/दुई मौसमसम्म चिसोमा राख्नु सरकारको कमजोरी भएको उनले भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्