Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


आजको राशिफल: १२ वटै राशिका लागि कस्तो रहला बिहीबारको दिन ?


0
Shares

काठमाडौं ।

मेष: तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या, हानि भए पनि मध्याह्नदेखि लाभ, सम्मान होला ।

वृष: धन लाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ तर दिउँसोदेखि रोग, कार्य बाधा हुन सक्छ ।

मिथुन: दिन शुभ फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता, शुभ यात्रा होला ।

कर्कट: समय शुभ भएकाले काममा सफलता, धन लाभ, प्रतिस्पर्धामा विजय सुख हुने देखिन्छ ।

सिंह: दिउँसोसम्म स्वास्थ्य प्रतिकूल हुन सक्छ । त्यसपछि भने कार्य सफल, धन लाभ हुने देखिन्छ ।

कन्या: शुरुमा द्रव्य लाभ, पराक्रम वृद्धि होला । मध्याह्नबाट भने दौडधूप, तनाव हुने सम्भावना छ ।

तुला: तपाईंका लागि समय शुभ छ । धन लाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ ।

वृश्चिक: दिन शुभ फलदायक छ । अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सन्तोष होला ।

धनु: शुरुमा धन नाश, स्वास्थ्य समस्या हुन सक्छ । दिउँसोदेखि भने भाग्योदय, कार्य सफल होला ।

मकर: उत्तम भोजन प्राप्ति, लाभ हुने देखिन्छ तर दिउँसोबाट अस्वस्थता हुने सम्भावना छ ।

कुम्भ: समय अनुकूल छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ होला ।

मीन: दिन शुभ भएकाले राज्यबाट लाभ, कार्य सफल, मन प्रफुल्लित हुने सम्भावना छ ।

Skip This