
मंगलबार प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे ।
अज्ञात समूहले तिवारीलाई सोमबार अपराह्न करिब ३ बजे देवदहनजिकै गोली हानेकामा स्थानीय देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै तिवारीको हत्याबाट उत्पन्न भएको शोकलाई शक्तिमा परिणत गरी उनको आदर्शानुसार संगठनलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
यसैबीच, पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै मंगलबार अनेरास्ववियुले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा धर्ना दिएको छ ।
पछिल्लोपटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि अस्वाभाविक भएकाले त्यसलाई फिर्ता लिन संगठनले आग्रह गरेको छ ।
रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले पेट्रोलियम पदार्थको मूल्यमा भएको बृद्धिले चौतर्फी असर पर्ने र सर्वसाधारणलाई मारपर्ने हुँदा मूल्यबृद्धि फिर्ता गर्न आग्रह गरे ।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएकाले स्वचालित प्रणालीअनुसार मूल्य बढाउन आवश्यक नदेखिएको जिकिर गरे । रासस
प्रतिक्रिया दिनुहोस्