
हत्याको विरोधमा मंगलबार बुटवलमा आयोजित विरोधसभालाई सम्बोधन गर्नेक्रममा युवा संघले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।
यसअघि मंगलबार राजमार्ग चौराहबाट निस्केको जुलुस मिलनचोक हुँदै पुष्पलालपार्कमा गएर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा बोल्दै युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङलगायत पदाधिकारीहरुले राजनीतिक प्रतिशोधका कारण तिवारीको हत्या भएकाले सत्यतथ्य छानबिनका लागि आयोग बनाउन र हत्यारा पक्राउ गर्न माग गरे ।
प्रहरीले लेनदेनसँग जोडेर घटनालाई कमजोर बनाउन खोजेको भन्दै उनीहरुले घटना राजनीतिक षड्यन्त्रबाट भएको दाबी गरेका छन् ।
यसैगरी, घटना भएको क्षेत्र देवदह, खैरेनीमा पनि स्थानीय र एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
हत्याको विरोधमा युवा संघले मंगलबार आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले ६ ओटै जिल्ला प्रभावित भए । ६ ओटै जिल्लाका शिक्षण संस्थान, उद्योग, कलकारखाना ठप्प रहे ।
प्रतिक्रिया दिनुहोस्