तिवारी हत्या विरोधमा रुपन्देही दोस्रो दिन पनि ठप्प « Image Khabar


तिवारी हत्या विरोधमा रुपन्देही दोस्रो दिन पनि ठप्प


Imagekhabar
६ पुष २०७३, बुधबार ०८:०२

बन्दका कारण जिल्लाका पसल, उद्योग, कलकारखाना, शिक्षण संस्था र व्यापार व्यवसाय ठप्प भएका छन् । प्रदर्शनकारी बिहानैदेखि चोक–चोकमा बसेर प्रदर्शन गरिरहेका छन् ।

बन्दको प्रभाव रुपन्देहीका प्रमुख बजार बुटवल, भैरहवा, खेरेनीलगायतका क्षेत्रमा परेको छ । रुपन्देही क्षेत्रमा पर्ने पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पनि अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रदर्शनकारीहरु रातभर राजमार्गमै टेन्ट गाडेर बसेका छन् । यसअघि युवा संघले घटनाको बिरोधमा मंगलबार लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द आह्वान गरेको थियो ।

आजबाट अन्य जिल्ला खुले पनि रुपन्देही बन्दका कारण जनजीवन सामान्य बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्