काठमाडौं, चैत २४ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार गिराउने खेलमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । एमाले मुख्यालयमा आज पार्टी नवप्रवेशीहरुलाई स्वागत गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेसलाई सरकार गिराउने खेलमा नलागि यही सरकारमा सहभागी हुन आग्रह गरे । उनले वर्तमान सरकार ढाल्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्र लागिरहेको भन्दै उनीहरुको प्रयासलाई सफल…