
महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको विरोध आएको बताउँदै संविधान संशोधनसँगै कार्यान्वयनका लागि राजनीतिक दल एक भएर लाग्नुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयनपछिमात्र राष्ट्र समृद्धितर्फ लाग्ने बताउँदै उनले ‘कार्यान्वयनका विषयमा देखिएका चुनौती समाधानका लागि दलहरु नलागेका कारण नै मुलुकमा बाह्य हस्तक्षेप बढ्न थालेको छ’–भने ।
संयोजक भट्टराईले दलहरु एक भए बाह्यशक्तिको केही नलाग्ने बताउँदै ‘संविधान जारी गर्दा देखिएको एकता अहिले पनि आवश्यक रहेको छ’–भने ।
एक फरक प्रसंगमा उनले आफूहरुले निर्माण गरेको माओवादी पार्टीको मार्गचित्र गणतान्त्रिक नेपाल र संविधान जारी गर्नेसम्ममात्र रहेको भन्दै अब देशको विकासका लागि नयाँ सोच र नयाँ शक्तिको आवश्यकता रहेको बताए ।
शनिबार (भोलि)सम्म चल्ने सो भेलामा देश भरिका ५०० जना महिलाको सहभागिता रहने आयोजकले जनाएको छ ।
भेलाले महिलाशक्ति नेपालको भावी कार्यदिशा तय गर्ने संयोजक कल्पना धमालले बताइन् । रासस
प्रतिक्रिया दिनुहोस्