१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिनोस् : ओली


0
Shares

नेपाली राजनीतिमा अत्यन्तै सन्त र सादगी नेताकोरुपमा परिचय बनाउन सफल नेता भट्टराई इमान र नैतिकवान राजनेताकारुपपा नेपाली जनतामाझ परिचित थिए ।

यस अवसरमा शुक्रबार ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अहिलेको अवस्थामा संविधान संशोधनभन्दा राजनीतिक गतिरोध अन्त्यका लागि चुनावी वातावरण बनाउनुपर्छ’–भने ।

तत्काल चुनावको मिति घोषणा गरे आफूहरुले चुनावमा भाग लिने र सरकारलाई सहयोग गर्ने अध्यक्ष ओलीको भनाइ छ ।

संक्रमणकाल टुंग्याउने र चुनाव गराउने दायित्व रहेको वर्तमान सरकारलाई बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिन उनले आग्रह गरे ।

सो अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को माघ महिनासम्म स्थानीय, प्रान्तीय र राष्ट्रिय चुनाव गराउन नसकिए मुलुकमा संवैधानिक संकट उत्पन्न हुने बताए ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्ने अरु वक्ताले अहिलेको अवस्थामा भट्टराईले देखाएको बाटोमा हिँड्नसकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।