त्रिभुवन विश्वविद्यालयका अनुसार नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने छ । काठमाडौंका त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स, सानोठिमी क्याम्पसलगायतका क्याम्पसमा विद्यार्थीको संख्याबारे विवाद भएपछि छानबिन गर्न समिति बनाइएको छ । यी क्याम्पसहरुमा आफ्नो प्रभुत्व देखाउन मूख्य विद्यार्थी संगठनहरुबीचमा…