
त्रिभुवन विश्वविद्यालयका अनुसार नयाँ सेमेस्टर वा शैक्षिक वर्षका लागि माघ १५ गतेसम्म र पुराना वर्ष र सेमेस्टरमा शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नाम मतदाता सूचिमा प्रकाशित गरिने छ । काठमाडौंका त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स, सानोठिमी क्याम्पसलगायतका क्याम्पसमा विद्यार्थीको संख्याबारे विवाद भएपछि छानबिन गर्न समिति बनाइएको छ । यी क्याम्पसहरुमा आफ्नो प्रभुत्व देखाउन मूख्य विद्यार्थी संगठनहरुबीचमा चुनावको मिति तोकिएदेखि नै तनाव देखिन थालेको छ ।
आज प्रकाशित हुने मतदाता नामावलीमा मंगलबार दाबी विरोध गर्न सकिने र त्यसमाथि छानबिन गरी फागुन ४ गते अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ ।
फागुन ५ मा मनोनयन दाखिला र प्रत्यक्षतर्फको नामावली प्रकाशन गरिने छ भने फागुन ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
मिश्रित प्रणालीबाट हुन लागेको मतदानमा सभापति कोषाध्यक्ष र सचिव प्रत्यक्ष चुनिने छन् भने बाँकी पद समानुपातिक पद्धतीबाट चुनिने छन् । २८ वर्ष उमेर हदविरुद्ध रहेका केही विद्यार्थी संगठनले भने क्याम्पसहरुमा तालाबन्दी पनि गरेका छन् । तर दश विद्यार्थी संगठनको बैठकले त्रिविको निर्णय मान्ने र यसअघि प्रकाशित कार्यतालिका अनुसार अघि बढ्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्