निर्वाचनको मिति घोषणा नभए सरकारको औचित्य समाप्त : कमल थापा • Image Khabar Image Khabar


निर्वाचनको मिति घोषणा नभए सरकारको औचित्य समाप्त : कमल थापा


Imagekhabar
२९ माघ २०७३, शनिबार १८:५१

निर्वाचनको मिति घोषणा नभए सरकारको औचित्य समाप्त : कमल थापा

                                                                                      फाइल फोटो
रिपोर्टर्स क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताएका हुन् ।

उनले भने–‘सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्नुपर्छ ।’

अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताए ।

उनले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गरे ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्यदिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रस्ट पारे ।

अध्यक्ष थापाले प्रदर्शनीमार्गमा उद्घाटन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलका अध्यक्ष, विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको बताए ।

उनले उद्घाटनसत्रमा दुई लाख जनतालाई उतार्ने गरी पार्टीले गृहकार्य गरिरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्