काठमाडौं, वैशाख २९ । भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गरेका छन् । आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई…