२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेकपाको सचिवालय बैठक बस्दै, एकीकरणबारे छलफल हुने


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बोलाइएको बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल हुने बताइएको छ ।

गाउँ, जिल्लासहितका पार्टीको तल्लो तहको एकीकरण सम्बन्धी प्रारम्भीक प्रस्ताव तयार गर्न गठित कार्यदलले प्राप्त सुझावका आधारमा तयार पारेको प्रारम्भीक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिने छ ।

यसैगरी पार्टीका केही नेताले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन गरेको मागका सम्बन्धमा छलफल हुने सम्भावना छ ।

बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २१  केन्द्रीय सदस्यले हिजो सरकार र पार्टी संचालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

सरकारको काम–कारबाही पनि आजको छलफलको एजेन्डा हुने बताइएको छ ।

नेकपा नेतृत्वमा सरकार बनेको ९ महिना भए पनि यसको काम–कारबाहीलाई लिएर नेकपाका नेता–कार्यकर्ता मात्रै होइन, स्वयं प्रधामन्त्री पनि असन्तुष्ट छनु ।

उनले बुधबार मात्रै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।