यतिबेला जिल्लाका चोक चोकमा चुनावी चर्चा चुलिएको छ । तीनै प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र बढीभन्दा बढी स्थानीय तह जित्ने अभियानमा जुटिसकेका छन् । जनताले आफ्ना एजेण्डामा विश्वास गर्ने र आफुहरुलाई नै जिताउने उनीहरुको विश्वास छ । चुनाव लक्षित अभियान थालिसकेको र जनताबाट सकारात्मक प्रतिक्रिया पाएको मोरङका नेताहरुको भनाइ छ । चुनावी अभियानमा होमिएका…