
नेता पुनलाई आज बैंकक लैजाने तयारी गरिएको छ । पुनसँगै उनकी पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने बताइएको छ ।
ज्वरो आएर काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेपनि निको नभएपछि थप उपचारका लागि बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको हो ।
पार्टी कामको सिलसिलामा केही दिन अघि रोल्पा गएका नेता पुनलाई त्यहाँबाट फर्किएलगत्तैदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
यसअघि पनि जण्डिस बिग्रिएपछि पुनलाई बैंकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्