२ असार २०८१, आइतबार | Sun Jun 16 2024


मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ : उपेन्द्र यादव


0
Shares

आइतबार झापाको बिर्तामोडमा संचारकर्मीसँग कुरा गर्दै उनले सरकार मोर्चालाई एक्ल्याउने उद्देश्यले अघि बढेको भन्दै समर्थन फिर्ता लिने बताए ।

न्यायाधीश, राजदुत नियुक्तिलगायतमा समावेशीतालाई आधार नबनाइएको भन्दै उनले यो सरकारको औचित्य समाप्त भएको दाबी गरे । अहिलेको अवस्थामा स्थानीय तहको चुनाव गराउन खोज्नु संघीयतालाई धरापमा पार्ने खेल भएको उनको आरोप थियो ।