मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे आधिकारिक धारणा सार्वजनिक गर्न बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट संघीयता कार्यान्वयनको मर्मविपरीत भएको टिप्पणी गरेको हो । कांग्रेसले बजेट कुनै नीति र प्राथमिकताबिनाको, कार्यान्वयन भन्दापनि सपना देखाउने दस्तावेजकारुपमामात्र ल्याइएको आरोप लगाएको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले करको दायरा वृद्धि…