गोरखा, पुस ५ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघ, प्रदेश र स्थानीय तीनओटै सरकारले जनताको भावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको १०औं गोरखा महोत्सवको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले संविधानको सफल कार्यान्वयनलेमात्र देशलाई एकताको सूत्रमा बाँध्ने बताए ।
महोत्सव उद्घाटन कार्यक्रममा एकै वर्ष दुई हिमाल आरोहण गर्ने गोरखाकी पूर्णिमा श्रेष्ठ, इतिहासकार दिनेशराज पन्तलगायतलाई गोरखा उद्योग वाणिज्य संघले सम्मान गरेको थियो ।
महोत्सव आगामी पुस १४ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्