Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बेखर्ची हुन थालेपछि अधिकांश कांग्रेस महासमिति सदस्य घर फर्किए (भिडियो)


0
Shares

सरोज अधिकारी र सानु माली (इमेज)

काठमाडौं, पुस ६ । पाँच दिनका लागि भन्दै महासमिति बैठकमा आएका नेपाली कांग्रेसका महासमिति सदस्यहरु ८ दिन बितिसक्दा पनि बैठक सकिने टुंगो नभएपछि दिक्क बनेका छन् ।

पैसा सकिएर बेखर्ची हुने अवस्था आइसक्दा पनि बैठकको मूल एजेन्डा विधान बैठकमा पेस नहुँदा सदस्यहरुले पार्टीको वर्तमान नेतृत्व र केन्द्रीय समितिलाई ‘नालायक’को संज्ञा दिएका छन् ।

पूर्वनिर्धारित् कार्यक्रमअनुसार महासमिति बैठक गत मंगलबार नै सम्पन्न हुनुपर्दथ्यो ।

तर, सदस्यहरु विगत तीन दिनदेखि ‘विधान आज पेस होला’ भन्ने आशासहित बैठकस्थलमा पुग्ने गरेका छन् ।

तर, पेस हुनु त कता हो कता, उल्टै महासमिति बैठक नै बस्छ/बस्दैन भन्ने अनिश्चित हुने अवस्थाले उनीहरु दिक्दार हुँदै फर्कने गरिरहेका छन् ।

त्यसो त बैठकमा संशोधित विधान पेस हुने र महासमिति बैठक सम्पन्न हुने टुंगो नभएपछि अधिकांश सदस्यहरु घर फर्किसकेका छन् ।

महासमिति सदस्यहरुले केन्द्रीय समितिको चरम लापरबाही र नेतृत्वको नालायकीपनका कारण कांग्रेस भनेर मुख देखाउनै लाज हुने अवस्था आएको भन्दै आक्रोशित भएका छन् ।

अधिकांश सदस्यहरु घर फर्किसकेकाले विधान संशोधनका लागि आवश्यक पर्ने दुईतिहाइ मत नै नपुग्ने हो कि भन्ने आशंका पनि बढेको छ ।

निहीत स्वार्थबाट परिचालित नेतृत्वले लटरपटर गरेर विधान पारित गर्न खोजेको आरोप लगाउँदै सदस्यहरुले नेतृत्वलाई नछाडिने चेतावनी दिएका छन् ।

केही सदस्यहरुले भने पार्टीका लागि नै जीवन दिएकाले जति दिन लम्बिएपनि महत्वपूर्ण छलफलमा बस्ने बताएका छन् ।

कांग्रेस पार्टी इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेकाबेलासमेत नेतृत्वले गुटगत स्वार्थलाईमात्र केन्द्रमा राखेर जग हँसाइ गर्दा महासमिति सदस्यहरु दिक्क हुनु स्वाभाविक हो ।

महासमिति सदस्यहरुलाई चित्त बुझाएर पठाउन नसक्ने हो भने आगामी दिनमा पार्टीको तल्लो तहमा यसको असर नपर्ला भन्न सकिँदैन ।

भिडियो हेर्नुहोस्