फाइल तस्वीर
काठमाडौं, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।
शुक्रबार बिहान पोखरामा थापाले पूर्वराजा शाहसँग भेट गरेका हुन् । थापा पार्टी प्रशिक्षण कार्यक्रमका सिलसिलामा पोखरामा छन् भने पूर्वराजा शाह पनि केही दिनदेखि पोखरामै छन् ।
थापाका अनुसार मुलुकको समसामयिक अवस्थामा समेत छलफल भएको थियो । ‘मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ,’ भेटवार्ता पुष्टि गर्दै उनले ट्वीट गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्