राप्रपाले संविधान संशोधन प्रस्तावको समर्थन नगर्ने • Image Khabar Image Khabar


राप्रपाले संविधान संशोधन प्रस्तावको समर्थन नगर्ने


Imagekhabar
१५ फाल्गुन २०७३, आईतवार १६:१९

राप्रपाले संविधान संशोधन प्रस्तावको समर्थन नगर्ने

सो पार्टीको संसदीय दलको आइतबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । साथै यथास्थितिमा संशोधन विधेयक अघि बढाइए प्रत्युत्पादक हुने ठहर पनि राप्रपाले गरेको छ ।

संसदमा ३७ सीट रहेको राप्रपाले संशोधनप्रति असहमति जनाउँदै आए पनि औपचारिक निर्णय भने पहिलो पटक गरेको हो । राप्रपाको निर्णयसँगै संशोधन प्रस्ताव सोझै असफल हुने निश्चित भएको छ ।

त्यसो त एमालेसहितका नौ दलसँग पनि स्पष्ट एक तिहाई मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्