२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गाजामा पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट कम्तिमा ११८ जना मारिए


0
Shares

एजेन्सी । इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा गाजामा कम्तिमा ११८ जना मारिएका छन् ।

मारिनेमा १२ जना सहायताका लागि लाइनमा बसेकाहरु समेत रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाको हवाई आक्रमणबाट ५ सय ८१ जना घाइते भएको जनाइएको छ ।

गाजाका लागि राष्ट्रसंघीय मावता सम्बन्धि प्रतिनिधि फ्रान्सेस्का अल्बानिजले गाजामा इजरायलले आमहत्या गरेको भन्दै इजरायलविरुद्ध पूर्ण खालको प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ ।

यसैबीच, प्यालेस्टिनी लडाकु समूह हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गर्नु भएको र इजरायलले सहमति जनाएको भनिएको ६० दिने युद्धविरामको प्रस्तावको अध्ययन भईरहेको जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणबाट ५७ हजार बढी मानिस मारिएको तथा एक लाख ३४ हजार बढी घाइते भएको तथ्यांक छ ।