काठमाडौं, असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार सामन्ती शैलीमा हिँड्न खोजेको आरोप लगाएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिमा देखिएको प्रदूषणलाई हटाउन विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । सरकार देशको विकासका लागि भारत र चीनमामाथि नै निर्भर बन्न खोजेको उनको…