काठमाडौं, असार २० । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताएका छन् । जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालले सहिद तथा बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनाको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा मुक्तियोद्धाहरुलाई अभिनन्दन गर्दै उनले भने–‘१० वर्ष लामो संघर्षमा योद्धाहरुले बगाएको रगत व्यर्थ जाँदैन । मलाई विश्वास छ,…