Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नेता नेपाल लाओस प्रस्थान


0
Shares

काठमाडौं, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस गएका छन् ।

लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै उनी बुधबार राति लाओस गएको उनका स्वकीयसचिव मोहन गौतमले जानकारी दिए ।

प्रतिनिधिमन्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन् ।

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा उनीहरुबीच छलफल हुने स्वकीयसचिव गौतमले बताए ।

उनीहरु यही माघ २२ गते स्वदेश फर्कनेछन् । रासस