विक्रम खड्का (इमेज) डोटी, माघ १९ । नेपाल विद्यार्थी संघ डोटीले शनिबार अछामको मेललेक गाउँपालिकाको एउटा गाडीमा तोडफोड गरेको छ । डोटीको सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष सवार बा२झ ४१८८ नम्बरको स्कारपियोमा तोडफोड गरिएको हो । सरकारको विरोधमा शनिबार सरकारी सवारी–साधन चल्न नदिने नेविसंघको निर्णय भन्दै सेतो नम्बरप्लेट भएका सवारी–साधन सन्चालनमा रोक लगाइएको थियो…