Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौं, असार २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा समय मागेर नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार…