काठमाडौं, असार २६ । राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक पारित गरेको छ । राष्ट्रियसभाको मंगलबारको दोस्रो बैठकले ‘आर्थिक विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. युवराज…