काठमाडौं, असार २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा राखिएपनि सभामुख कृष्णबहादुर महराले अन्तिममा विधेयकलाई कार्यसूचीबाट हटाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समय र विशेष समय सम्पन्न भएलगत्तै सभामुख महराले चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाइएको जानकारी गराएका हुन् । कार्यसूचीको २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने…