काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई सिध्याईयो अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी दिएका छन् ।
राजधानीमा आज भएको कार्यक्रममा उनले माओवादी सिद्धियो अब जे गरे पनि हुन्छ भन्ने ठान्ने हो भने फेरि अर्को माओवादी जन्मिने र झन् ठूलो लडाई हुने ठोकुवा गरे ।
कतिपय कदमहरु शान्ति सम्झौता र संविधानको मर्म विपरत चालिएको भन्दै उनले द्वन्द्वकालिन मुद्धालाई प्रहरीमा पठाउने र पक्राउ गर्न थालिएको र त्यसले गम्भीर परिणाम ल्याउने बताए ।
संविधानले व्यवस्था गरे अनुसार प्रदेश र स्थानीय तहलाई अधिार दिइएको छ त भन्ने प्रश्न गर्दै उनले ती निकायहरुलाई कमजोर पार्ने र पुराना संरचनालाई बलियो बनाउने काम त भइरहेको छैन भन्ने प्रश्न पनि गरे ।
शान्ति सुरक्षा, बजेट लगायतका विषयमा संविधानको भावना अनुसार नचलेको आराप लगाउँदै दाहालले सिंहदरबारको अधिकार प्रत्यायोजन गर्नेगरी कर्मचारी समायोजन गरिदै छ कि फेजआउट गर्नेतिर गईरहेका छौं ? भने ।









प्रतिक्रिया दिनुहोस्