धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तारुढ नेकपालाई नेपाली काँग्रेसले लोकतन्त्रको बाटोमा हिडाउनुपर्ने बताएका छन् ।
धनकुटामा आज पत्रकारसँग कुरा गर्दै सिटौलाले नेकपा अहिले पनि लोकतन्त्रको बाटोमा हिड्न नसकेकाले सो बाटोमा हिडाउने जिम्मेवारी आफूहरुको रहेको जिकिर गरे ।
बहुमतको बलमा तानाशाही व्यवस्था ल्याउन खोजे नेकपाका लागि घातक हुने बताउँदै उनले सरकारलाई आफूहरुले रचनात्मक सहयोग गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।









प्रतिक्रिया दिनुहोस्