काठमाडौं, माघ १८ । सरकारले काठमाडौंस्थित विदेशी नियोगका कूटनीतिज्ञहरुलाई सरकारका आन्तरिक तथा बाह्य नीतिहरुका सम्बन्धमा शुक्रबार ‘ब्रिफिङ’ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आगामी चैतमा गर्न लागेको लगानी सम्मेलन, सरकारको विदेश तथा आन्तरिक नीतिहरुको ‘फोकस’लगायतका विषयमा कूटनीतिज्ञहरुलाई जानकारी दिएका हुन् ।
कार्यक्रममा भारत, चीन, अमेरिकालगायत देशका प्रतिनिधिहरुको सहभागिता थियो ।
ब्रिफ्रिङपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले सरकारको परराष्ट्र तथा आन्तरिक नीतिको फोकस तथा विगत वर्षमा भएका कूटनीतिक गतिबिधिबारे जानकारी दिइएको बताए ।
ब्रिफिङमा सहभागी कूटनीतिज्ञहरुले चैतमा हुने लगानी सम्मलेनको तयारीका सम्बन्धमा चासो व्यक्त गरेको पनि भट्टराईले जानकारी दिए ।
तर, सोक्रममा भेनेजुएलाको संकट र सत्यनिरुपण तथा बेपत्ता नागरिक छानबिनजस्ता विषयहरु नउठेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्