Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


पूर्वयुवराज पारस ‘डिस्चार्ज’


0
Shares

काठमाडौं, माघ १८ । हृदयाघात भएपछि उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारस शाह शुक्रबार घर फर्किएका छन् ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई शुक्रबार ‘डिस्चार्ज’ गरिएको हो ।

शाहको मुटुको कोरोनरी एन्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ ।

दैनिक खानपान तथा जीवनशैलीमा सुधार गरी नियमित औषधि सेवन गरे स्वास्थ्यमा थप सुधार आउने अस्पतालले जनाएको छ ।