Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


तरुण दल र नेविसंघको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरे


0
Shares

उदयपुर । शहीद दिवसको अवसरमा तरुण दल र नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम आयोजना गरेका छन ।

उदयपुर क्षेत्र नम्बर १ का तरुणदल र नेबि संघले संयुक्त रुपमा रक्त दान कार्यक्रमको आयोजना गरेका हुन् ।

रक्तदान कार्यक्रममा ५१ जनाले सहभागिता जनाएका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्तसंचार कार्यालय उदयपुरलार्इ उपलब्ध गराइएको छ ।

कौवाखुज बनभोज स्थलमा राखिएको रक्तदान कार्यक्रमको शुभारम्भ चौदण्डीगढी नगरपालिमाका प्रमुख खगेन्द्र राईले शुभराम्भ गरेका थिए ।