Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


संवैधानिक परिषदको निर्णयविरुद्ध कांग्रेस न्यायिक निरुपणमा जाने


0
Shares

काठमाडौं, माघ १४ । संवैधानिक परिषदको निर्णयविरुद्ध नेपाली कांग्रेसले न्यायिक निरुपणको बाटो खोज्ने भएको छ ।

सोमबार ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सो विषयमा छलफल भएको हो ।

प्रमुख प्रतिपक्षी दललाई बैठकमा नबोलाई निर्णयहरु गरिएकाले न्यायिक निरुपणमा जाने तयारी कांग्रेसले गरेको जनाइएको छ ।

संसदीय सुनुवाइ समितिमा सोमबारै कांग्रेस सदस्यहरुले संवैधानिक परिषदबाट भएका निर्णयहरु फिर्ता पठाउनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार खासै उपलिब्धमूलक छलफल नभएको पनि प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।