काठमाडौं, माघ १४ । संसदीय सुनुवाइ समितिले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा प्रस्तावित अमृत राईको नाम अनुमोदन गरेको छ ।
समितिको सोमबार बसेको बैठकले राईलाई अनमोदन गरेको हो ।
कांग्रेसको विरोध
बैठकमा सरकारले प्रस्ताव परेका पाँचओटा आयोगका अध्यक्षहरुको विषयमा भने नेपाली कांग्रेसको विरोधका कारण निर्णय हुन सकेन ।
प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा सिफारिस गरिएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।
समितिको सोमबारको बैठकमा प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आह्वान गर्ने कार्यसूची थियो ।
तर, कांग्रेस सांसदहरूले विरोध गरेपछि केही दिनका लागि बैठक स्थगित भएको समितिका सूचना अधिकारी केशव आर्यालले जानकारी दिए ।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको छ ।









प्रतिक्रिया दिनुहोस्