काठमाडौं, असार १५ । प्रतिनिधिको शुक्रबारको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रस्तुत् गरेको सो विधेयक पारित भएको हो । यस्तै, बैठकले मन्त्री तामाङले प्रस्तुत् गरेको ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त…