Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नेता अधिकारीको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’


0
Shares

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् रहेका अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको उनका स्वीकयसचिव महेश विष्टले जानकारी दिए ।

गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि गत माघ २ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको मुटु, श्वास–प्रश्वास र छातीमा संक्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघनकक्षमा उनको उपचार भइरहेको छ ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेका छन् । रासस