Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


पूर्वयुवराज पारस शाहलाई हृदयाघात


0
Shares

काठमाडौं, माघ १४ । पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएको छ ।

पारसलाई अहिले थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।

छातीमा समस्या आएपछि उनलाई सोमबार अपराह्न साढे ४ बजे नर्भिक अस्पताल लगिएको थियो ।

डा. यादवदेव भट्टसहितको टिमले उनको उपचार गरिरहेको छ ।

पारसको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्बमा देखिएको समस्या खोलिएको र उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

पारसलाई पहिलेदेखि नै मुटुको समस्या छ ।

सोमबार बिहान ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव–पार्वती मन्दिर र हिरन्यवर्ण महाविहारको दर्शन गरेर निवासमा फर्केपछि उनलाई हृदयाघात भएको हो ।

यसअघि, उनलाई दुईपटक हृदयाघात भइसकेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आइतबार बाराको सिमरा गएका थिए ।

छोरा पारसलाई हृदयाघात भएको थाहा पाएपछि पूर्वरानी कोमल भने काठमाडौं फर्किएकी छन् ।