काठमाडौं, माघ १५ । सहिद सप्ताहको छैटौं दिन सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा माल्यापर्ण गरी भावपूर्ण श्रद्धा व्यक्त गरिएको छ ।
मंगलबार काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रजातन्त्र स्थापना गर्न प्राणको आहुति दिने सहिदको योगदानको तुलना कसैसँग हुन नसक्ने बताए ।
उनले शोभाभगवतीमा सहिद दशरथ चन्द र गंगालालको पूर्णकदको सालिक निर्माण गरिने जानकारी दिए ।
राणाशासनविरुद्ध जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा वि.सं. १९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनारको शोभाभगवती मन्दिरमा मृत्युदन्ड दिइएको थियो ।









प्रतिक्रिया दिनुहोस्