शुक्रबार सम्पन्न मतगणनाअनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् । पोखरा–लेखनाथ महानगरको प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतअन्तरले पराजित गरेका छन् । प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झन्डै १४ हजार…