
एमालेले ३ नगरपालिका र ५ गाउँपालिका प्रमुख, उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।
एमाले जिल्ला पार्टी कार्यालयमा बसेको वैठकले प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतिबाट टुङ्याएको हो ।
एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले उर्लाबारी नगरपालिकाको मेयरमा भुपाल जीमी र उपमेयरमा लक्ष्मी भण्डारीलाई तय गरेका हुन् ।
उर्लाबारी ७ निवासी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीको देवरानी हुन् ।
मोरङ जिल्लामा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका सहित १७ स्थानीय तह छन् ।
प्रतिक्रिया दिनुहोस्