काँग्रेसले प्रदेश नं एक र सातका उम्मेदवार शुक्रबार टुङ्याउने « Image Khabar


काँग्रेसले प्रदेश नं एक र सातका उम्मेदवार शुक्रबार टुङ्याउने


Imagekhabar
११ जेष्ठ २०७४, बिहीबार १४:३५

केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले यस्तो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

प्रदेश नं दुई र पाँचका विषयमा छलफल गर्न शुक्रबार फेरि पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको बैठक बस्ने उनले बताए ।

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्