काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका पूर्वप्रधानमन्त्री स्व. अटल बिहारी बाजपेयी नेपालका निकै नजिकका मित्र रहेको बताएका छन् । बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले बाजपेयी नेपालको सदैव हित चाहने मित्र रहेको बताए । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई सदैव विशेष महत्व…