विराटनगर, चैत १० । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले लिने परीक्षामा शिक्षामन्त्रीले हस्तक्षेप गरेको आरोप लगाइएको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले परीक्षामा हस्तक्षेप गरेको आरोप नेपाली कांग्रेसले लगाएको हो । मन्त्रीले परीक्षामा हस्तक्षेप गरेको भन्दै कांग्रेसले तत्काल परीक्षा सुचालु गर्न माग गरेको हो ।
नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुको नेतृत्वमा कांग्रेस कार्यकर्ताले विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई विश्वविद्यालयमाथिको हस्तक्षेप रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
गत भदौ १० गतेको कर्मचारी पदपूर्ति विज्ञापनका विषयमा उच्च अदालत विराटनगरले परीक्षा लिन सेवा आयोगलाई आदेश दिएको थियो ।
सेवा आयोगले गत वर्ष ६० भन्दा बढी शिक्षकका लागि खुल्ला विज्ञापन निकालेको थियो । केही समयअघि सर्वोच्च अदालतको आदेशमा सेवा आयोगले सो विज्ञापन अनुसार परीक्षासम्बन्धी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्