Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


राजेन्द्र महतोले जंगबहादुर राणासँग तुलना गरे प्रधानमन्त्री ओलीको


13
Shares

काठमाडौं, चैत १० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगबहादुर राणासँग तुलना गर्दै सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।

आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा महतोले समय सापेक्षित रुपमा संविधानमा संशोधन नभए विगतका संविधानजस्तै यो संविधान पनि जनताले पाखा लगाउने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको सिद्धान्त नै अहंमा टिकेको आरोप लगाए ।

लामो समयको द्वन्द्वपछि देशले सहजरुपमा शान्ति प्रक्रिया पूरा गर्नु तथा संविधान निर्माण हुनु ठुलो उपलब्धि भएको उनको भनाइ थियो ।

यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारका गतिविधिबाट जनता असन्तुष्ट रहेको आरोप लगाए । जनताको अपेक्षा अनुरुप काम गर्न नसक्नु र भ्रष्टाचारको निरन्तरताले असन्तुष्टि बढाएको उनको ठम्याई थियो ।