काठमाडौं, चैत १० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद महन्थ ठाकुरले स्थानीय तह र प्रदेश सरकार कागजको फू्लजस्तै भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारको मानसिकता शक्ति केन्द्रीकृत गर्न मै केन्द्रीत देखिएको बताए । उनले संघीय संरचना अनुसार मुलुकमा तीन तहको सरकार भए पनि सरकारले कानुन निर्माणदेखि लिएर अन्य विविध विषयमा दुई तहका सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाए ।
राज्य आतंक निकै खतरनाक हुने उल्लेख गर्दै उनले अहिले सत्तामा रहेका धेरैजसो नेताहरु विगतमा राज्य आतंकबाट पीडित रहेको र अधिकारका लागि हतियार उठाउनेदेखि लिएर जेलनेल भोगेकासम्म रहेको स्मरण गराए । ‘अहिले अरुले अधिकार माग गरिरहेका छन्,’ उनले भने, ‘अनि उनीहरुलाई चाहीँ जेल ?’









प्रतिक्रिया दिनुहोस्